नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी

  • बिहीबार २८ साउन २०८३ ०२:३७ PM
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो । पाँचवर्षे समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन् ।