धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले आज बिहीबार पेस गरेको राजीनामा स्वीकृत गर्दै उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी