काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख एवं सहरी योजना आयोगका अध्यक्ष सुनिता डंगोलले, आयोगले निर्माण गरेका परियोजनाको सुन्दरता कागजमा मात्र नभइ कार्यान्वयनमा गएर नागरिकले महसुस गर्ने हुनु पर्ने बताउनुभएको छ । आज आयोगको ७३ औँ वैठकमा ७२ औँ वैठक र यस अघि गरिएका निर्णय तथा तयार पारिएका डीपीआर कार्यान्वयनमा विभागीय समन्वयको कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘आउँदो बैठकमा आयोग र विभागले प्रगतिको संयुक्त प्रस्तुतिकरण गर्नुहोला ।’ उहाँले भन्नुभयो, ‘सहरी जीवन्तता बढाउन दिनको व्यवस्थापन जत्तिकै रातको अवधिमा सहरलाई जागा बनाउनु पर्छ । यसका लागि के गर्ने भन्ने होइन, कसरी गर्ने भन्ने कोणबाट काम गर्नुपर्छ ।’ स्वीकृत योजनाहरुको प्रभावकारी कार्यान्वयन र गुणस्तर कायम गराउन बैठकले योजनाहरूको अनुगमनलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ । सहरी योजना आयोगका सदस्यको संयोजकत्वमा गठन हुने यस्ता टोलीले भौतिक निर्माण, सम्पदा पुनरुत्थान तथा सामाजिक विकासका कार्यहरूको स्थलगत निरीक्षण गर्नेछ । अनुगमन टोलीले प्रत्येक दिनको प्रतिवेदन श्रव्यदृश्य र डिजिटल ढाँचामा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र आयोगको सचिवालयलाई बुझाउनुपर्नेछ । यसका लागि सूचना प्रविधि विभागलाई छुट्टै ‘प्रतिवेदन पोर्टल’ विकास गर्न निर्देशन दिइएको छ । महानगरपालिका भित्रका सरकारी तथा सार्वजनिक उद्यानहरूको दिगो व्यवस्थापन र वृक्षारोपणको मापदण्ड तयार पार्न एउटा र वृक्षरोपण तथा हरियाली प्रवर्धन मापदण्ड तर्जुमा गर्न छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय भएको छ । यी समितिहरूलाई १५ दिनभित्र उद्यान सञ्चालन कार्यविधि र हरियाली प्रवर्धन सम्बन्धी कानुनी मापदण्डको मस्यौदा पेश गर्न समय प्रदान गरिएको छ । यी समितिका संयोजक सहरी योजना आयोगका उपाध्यक्षले तोक्नुहुनेछ । समितिको सदस्यमा सम्बन्धित विभाग वा कार्य क्षेत्रसँग सम्बन्धित विभागका प्रमुख वा प्रतिनिधि रहनुहुनेछ । महानगरभित्रका सार्वजनिक शौचालयहरूको वर्तमान अवस्था, संख्या र स्थानबारे विस्तृत अध्ययन गर्न अर्काे समिति गठन गरिएको छ । समितिले सार्वजनिक निजी साझेदारीको प्रारुपमा नयाँ शौचालयका लागि सम्भावित स्थान पहिचान गर्ने र शौचालयमा हुनुपर्ने अनिवार्य सुविधाहरू समेटिएको अध्ययन प्रतिवेदन एक महिनाभित्र पेश गर्नेछ । विद्यालय परिसरलाई स्वच्छ र स्वस्थ्य बनाउन ‘शिक्षा विभाग’लाई सहरी योजना आयोगसँग समन्वय गरेर काम अघि बढाउन निर्देशन दिएको छ । त्यस्तै, भूमिगत जलस्तर बढाउनका लागि महानगरभित्रका सार्वजनिक र सरकारी भवन परिसरमा ‘रिचार्ज पिट’ निर्माण कार्यलाई कार्यान्वयनमा ल्याउन सार्वजनिक निर्माण विभागलाई निर्देशन दिइएको छ । बैठकमा आयोगका उपाध्यक्षले अहिले सम्पादन भइरहेका कामका विषयमा जानकारी दिँदै चालु आर्थिक वर्षका लागि स्वीकृत योजना मध्ये १३१ वटाको विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको जानकारी दिनुभयो । जसमध्ये १८ वटाको तयार भइसकेका छन् । आयोगले ‘वसन्तपुरदेखि ठमेल’ सम्मको क्षेत्रलाई समेटेर ‘सहरी सुधार योजना’ अघि बढाएको छ । यस अन्तर्गत ठमेलका मुख्य चोकहरू नर्सिङ चोक, जे