राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता

  • बिहीबार २८ साउन २०८३ ०२:०६ PM
काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष र व्यवहारिक बनाउने उद्देश्यले गठित कार्यदलले प्रतिवेदनलाई प्राथमिकताका साथ अन्तिम रूप दिने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार सम्पन्न कार्यदलको सातौँ बैठकले बदलिँदो शैक्षिक, सामाजिक तथा प्रविधिगत परिवेशअनुसार पाठ्यक्रमलाई समयानुकूल बनाउने निष्कर्ष निकालेको हो । बैठकमा कार्यदलअन्तर्गत रहेका १२ वटा थिमेटिक समूहको