सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा

  • बिहीबार २८ साउन २०८३ ०७:०० PM
काठमाडौं : सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल भ्याक्सिन बिहीबार साँझ ५ बजे टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत उक्त भ्याक्सिन ल्याइएको हो। यसैगरी, रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन समेत प्राप्त भएको विभागले जनाएको छ। विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिनहरू सातवटै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमार्