पत्रकार श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

  • बिहीबार २८ साउन २०८३ १२:५० PM
काठमाण्डु – पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतले अनुमति दिएको छ । वैयक्तिक गोपनीयता सम्बन्धी कसूरमा बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई बिहीबार अदालतमा उपस्थित गराइएकोमा प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।