राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६–२९ गतेसम्म सुर्खेतमा गर्ने निर्णय

  • बिहीबार २८ साउन २०८३ ०१:०९ PM
काठमाण्डु – राष्ट्रिय खेलकुद परिषद् (राखेप) १२५औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ गतेदेखि २९ गतेसम्म सुर्खेतमा गर्ने निर्णय गरेको हो । प्रतियोगिता सुर्खेतमा गर्ने निर्णय भएको राखेपका सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिए । बैठकमा युवा तथा खेलकुद मन्त्री, सातै प्रदेशका