काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले जनआस्थाका प्रधान सम्पादकसमेत रहेका श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । श्रेष्ठ बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक