नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्र बैंकले प्रेस विज्ञप्ति जारी गर्दै बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा नजिकबाट अनुगमन गरिरहेको र विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय–सुझाव लिन छलफल भइरहेको जनाएको हो। राष्ट्र बैंकका अनुसार बैंकको तरलता