धनकुटा : हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानका लागि सञ्चालन भइरहेको इन्टिग्रेटेड क्लाइमेट एडप्सन सोलुसन फर द हिन्दुकुश हिमालय (हाई–क्यास)परियोजनाका लागि धनकुटा नगरपालिकासँग सम्झौता भएको छ। बुधबार आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का महानिर्देशक पेमा ग्याम्त्सो र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार तथा विकास केन्द्र (सिप्रेड)का कार्यकारी निर्देशक जय