मन्दिरको जग्गा हडपेको आरोपमा पुजारी र पूर्वकर्मचारीसहित ७ जनाविरुद्ध मुद्दा

  • बिहीबार २८ साउन २०८३ ११:४९ AM
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्दिरको नाममा रहेको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी बिक्री गरेको अभियोगमा ७ जना विरुद्ध मुद्दा दायर गरेको छ । सुनसरीको धरानस्थित श्री नरसिंह भगवान मन्दिरको नाममा रहेको ३६ लाख रुपैयाँभन्दा बढी मूल्यको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी बिक्री गरेको अभियोगमा आयोगले आज विशेष अदालतमा मुद्दा