रोल्पाको पहिरोमा ७ जनाको मृत्यु भएपछि रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

  • बिहीबार २८ साउन २०८३ ११:२८ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५ कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गर्दै बेपत्ताको खोजी तथा प्रभावितको उद्धारमा प्रभावकारी रूपमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बुधबार राति गएको पहिरोमा परी ७ जना नागरिकको दु:खद निधन र ५