काठमाण्डु – नेपालको परराष्ट्र नीतिलाई अनुसन्धानमा आधारित, समसामयिक तथा युवा पुस्ताको ज्ञान, सीप र विशेषज्ञतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप तथा इन्टर्नशिप कार्यक्रम–२०२६’ सम्पन्न भएको छ । परराष्ट्र मन्त्रालयको पहलमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले सञ्चालन गरेको ८ हप्ताको कार्यक्रममा नेपालभित्र तथा विदेशमा रहेका युवा नेपाली पेशाकर्मी, अनुसन्धानकर्ता र विद्यार्थीलाई नेपालको