काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोटलबारामा पहिरोमा परी सात जनाको मृत्यु तथा पाँच जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा बेपत्ताको खोजी तथा घाइतेको उपचार प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरिएको छ । प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र निःशुल्क उपचारको व्यवस्था गर्न