काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले यहाँ जनताले जे भन्यो त्यही हुने बताएका छन् । आज स्वदेश फिर्ता भएपछि निवासमा पुगेर देउवाले ज्ञानेन्द्र शाहले समेत आफूलाई केही गर्न नसकेको प्रतिक्रिया दिँदै देशमा जनताको अदालत रहेको बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्रको खिलाफमा पनि आफू मुद्दा लडेको उनले स्मरण गरे । “पूर्वराजा ज्ञानेन्द्रको शाही आयोगको खिलाफमा पनि मुद्दा लडेको हुँ,” देउवाले भने, “शाही आयोगले पनि जेलमा पठाएको हो । अहिले यहाँको अदालतले पनि शेरबहादुर र आरजूलाई पक्राउ नगर्नू भन्यो । सम्पत्ति शुद्धीकरणले केही छैन भन्यो । यो देशमा जनता, अदालत छ । ... The post ज्ञानेन्द्र शाहले त सकेनन्, अरुले सक्छ यहाँ ? : शेरबहादुर देउवा appeared first on Kalika Khabar.