दुई दिने सार्वजनिक बिदाको व्यवस्था तत्काल पुनरवलोकन नहुने

  • बिहीबार २८ साउन २०८३ १०:४८ AM
काठमाडौँ : सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरवलोकन नगर्ने स्पष्ट पारेको छ। बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले यस्तो जानकारी दिएकी हुन्। अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको मन्त्री गौतमले बताइन्। बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा दुई दिन बिदा दिने निर्णयलाई असफल विधि भन्दै टिप्पणी गरेका थिए। यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्‍याएको भन्दै निर्णय खारेज गरेर पुनः हप्ताको एक दिन मात्र ... The post दुई दिने सार्वजनिक बिदाको व्यवस्था तत्काल पुनरवलोकन नहुने appeared first on Kalika Khabar.