काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले काठमाडौँ उपत्यकासहित देशभरको खानेपानी समस्या समाधानमा गम्भीर हुनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो बताएका हुन् । नागरिकको मौलिक हक तथा अनिवार्य आवश्यकताको रूपमा रहेको खानेपानी समस्या समाधानका लागि तीन तहको सरकार सरोकारवाला निकायबीच आपसी सहकार्य हुन जरुरी रहेको उनीहरूको तर्क छ ।