एजेन्सी । इरानले होर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गर्दै रणनीतिक जलमार्ग अझै अवरुद्ध रहेको जनाएको छ । साथै तेहरानले राखेका सर्त पूरा नभएसम्म पूर्ण रूपमा नखोलिने जनाएको छ । यससँगै महत्त्वपूर्ण समुद्री मार्गलाई लिएर अमेरिका र इरानबीचको दाबी–प्रतिदाबी थप चर्किएको छ । पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए)