काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको विषयमा आपत्ति जनाएका छन् । जनआस्था साप्ताहिकका प्रधानसम्पादक समेत रहेका पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो । पूर्वमन्त्री एवं सांसद समेत रहेका केसीले समाचार लेखेकै आधारमा श्रेष्ठमाथि सरकारले गरेको व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न रहेको बताए । ‘जनआस्था