दलित समुदायको हक र अधिकारका लागि सरकार प्रतिबद्ध: प्रधानमन्त्री साह

  • बिहीबार २८ साउन २०८३ ०९:५९ AM
काठमाडौँ । सरकारले दलित समुदायको संवैधानिक हक अधिकारको कार्यान्वयन र समग्र विकासका लागि विशेष कार्ययोजनासहितको कानुनी र नीतिगत प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले दलित समुदायका सम्बन्धमा सदनबाट पारित संकल्प प्रस्तावको कार्यान्वयनको अवस्थाबारे स्पष्ट पारेकी हुन् ।