काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अहिले पनि आफ्नो पार्टीको वैधानिक सभापति शेरबहादुर देउवा रहेको दाबी गरेका छन् । ५ महिना सिंगापुर र हङकङ बसेर बिहीबार स्वदेश फर्किएका देउवाको स्वागतमा विमानस्थल पुगेका कोइरालाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा देउवा नै आफूहरूको वैधानिक सभापति भएको बताए । देउवाकै नेतृत्वमा अघि बढेर पार्टीलाई बलियो बनाउनुपर्ने कोइरालाको