काठमाडौं । अविरल वर्षाका कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा बुधबार बेलुकी गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने अन्दाजी ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, १८ वर्षीया शान्ति पुन मगर, ६ वर्षीय अशोक पुन