शशांक भन्छन्- कांग्रेसको वैधानिक सभापति देउवा नै हुन्

  • बिहीबार २८ साउन २०८३ ०९:५३ AM
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् । बिहीबार देउवा स्वास्थ्योपचारपछि स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका कोइरालाले यस्तो दाबी गरेका हुन् । सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको उल्लेख गर्दै उनले देउवाकै नेतृत्वमा पार्टीलाई बलियो बनाउनुपर्ने बताए