कोशीमा पाँच वर्षमा चट्याङबाट ६६ जनाको मृत्यु, २१८ घाइते

  • बिहीबार २८ साउन २०८३ ०८:५१ AM
सुनसरी । वर्षायाम सुरु भएसँगै कोशी प्रदेशका पहाडी तथा तराई जिल्लामा चट्याङका घटना बढ्ने गरेका छन् । पछिल्लो पाँच वर्षमा कोशी प्रदेशमा चट्याङका कारण ६६ जनाले ज्यान गुमाएका छन् भने २१८ जना घाइते भएका छन् । गत असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेका बेला इलामको रोङ गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो । काठको बेरा र टिनको छानो भएको दुईतले घरको बरन्डामा बसिरहेका मोक्तानलाई राति करिब १ बजे चट्याङ लागेको थियो । त्यसैगरी, गत असार १४ गते सङ्खुवासभाको मकालु गाउँपालिका–१, चिर्खाङमा चट्याङ लागेर ३९ वर्षीया कुमारी राईको ... The post कोशीमा पाँच वर्षमा चट्याङबाट ६६ जनाको मृत्यु, २१८ घाइते appeared first on Kalika Khabar.