स्वदेश फर्केपछि देउवाले भने- प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौं

  • बिहीबार २८ साउन २०८३ ०३:०१ PM
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आपसी मतभेद,विभाजन र विद्वेष अन्त्य गर्दै मेलमिलापको मार्ग रोज्न आह्वान गरेका छन्। सिंगापुरमा थप उपचार गरी बिहीबार स्वदेश फर्किएका देउवाले प्रतिशोधको बाटो नभई मेलमिलाप र राष्ट्रिय एकताको मार्ग रोज्न आग्रह गरेका हुन्।स्वदेश फर्किएपछि उनले भने,‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौं। प्रतिशोध होइन,मेलमिलापको मार्ग रोजौं। यस्तो नेपाल निर्माण गरौं,जहाँ प्रत्येक बालकले निर्भीक सपना देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम