बाजुरा बाढीपहिरोको उच्च जोखिममा

  • बिहीबार २८ साउन २०८३ ०८:४१ AM
बाजुरा । बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग, कमजोर भू–बनावट, नदी कटान तथा अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण पुरै जिल्ला नै विपद्को उच्च जोखिममा परेको हो । जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार जिल्लाका नौ वटै स्थानीय तह उच्च