काठमाण्डु– स्वास्थ्य उपचारका सिलसिलामा करिब पाँच महिना सिंगापुर र हङकङमा बिताएर बिहीबार स्वदेश फर्किएका काँग्रेस निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलमा ‘क्यामेरा फेस’ गर्न चाहेनन् । प्रतिक्रियाका लागि अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा खचाखच भरिएका सञ्चारकर्मी देउवा नबोलेपछि केही निराश भए । तर, देउवा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै उनको सचिवालयबाट देउवाको नाममा सार्वजनिक अपिल जारी भयो ।