काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई तत्काल र बिना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ । श्रेष्ठको निवास तथा जनआस्था साप्ताहिकको कार्यालयमा गरिएको खानतलासीलाई लोकतन्त्रविपरीतको कदम भन्दै प्रलोपाले उनको रिहाइको माग गरेको हो । प्रलोपा प्रचार विभाग प्रमुख रजमान तामाङद्वारा जारी विज्ञप्तिमा सरकारको आलोचना गर्नु तथा गलत