प्रश्न उठाउने सांसद खगेन्द्र सुनार आफैं विवादको घेरामा, पदीय मर्यादा घट्दै

  • बिहीबार २८ साउन २०८३ ०८:१३ AM
सार्वजनिक पदमा रहेका व्यक्तिले उठाउने हरेक प्रश्नको आफ्नै महत्व हुन्छ । विशेषगरी सांसदले राज्यका निकायमाथि प्रश्न उठाउँदा त्यसले सार्वजनिक चासो र संस्थागत प्रभाव दुवै पार्छ । त्यसैले गम्भीर आरोप लगाउँदा प्रमाण, तथ्य र जिम्मेवारीबोध अनिवार्य हुन्छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारका पछिल्ला सार्वजनिक अभिव्यक्तिले भने एउटा गम्भीर प्रश्न उठाएको छ