नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने

  • बिहीबार २८ साउन २०८३ ०८:१७ AM
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने ‘नाडा अटो शो २०२६’लाई सवारीसाधन बिक्रीको प्रदर्शनीमा मात्र सीमित नगरी अटोमोबाइल क्षेत्रको समग्र इकोसिस्टम प्रदर्शन गर्ने थलोका रूपमा प्रस्तुत गर्ने भएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यसपटकको प्रदर्शनीमा सवारीसाधनसँगै पार्टपुर्जा, लुब्रिकेन्ट, टायर, बीमा, बैंक तथा वित्तीय सेवा,