'हाम्रो पार्टी'बारे सांसद सुनारको स्पष्टोक्ति : थोरै बुद्धि नपुर्‍याएको भए जहाँको त्यही हुन्थेँ

  • बिहीबार २८ साउन २०८३ ०१:५८ PM
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य एवम् सांसद खगेन्द्र सुनारले दलित समुदायका समस्या समाधानकै लागि आफूले सक्दो प्रयत्न गरिरहेको बताएका छन्।  बुधबार दलित युवाहरूको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले आफूले पार्टी रास्वपामा बुझाएको र रास्वपामा गएपछि लम्पसार परेको भन्दै लगाइएका आरोपको खण्डन गरे।  'खगेन्द्र सुनार त्यत्रो आन्दोलन गर्‍यो, अहिले लम्पसार पर्‍यो भनेर ममाथि आरोप लगाइएको छ। धारे हात लगाइरहनुभएको छ,' उनले भने, 'मैले गरेको आन्दोलन म आफैँ सडकमा उभिएर गरेको हुँ। कसैले ज्यान गुमाएको छैन मेरो कारणले। मैले मेरो लागि होइन, सिंगो समुदायको लागि लडाइँ लडेको हुँ। त्यो आन्दोलनबाट अब हामी यहाँसम्म छौँ, अब फल खाने बेला हो, उपलब्धि लिने बेला हो, मलाई साथ दिनुहोला।' उनले आफूले रुकुमपश्चिममा नवराज विकसहित ६ जना युवाहरूमाथि जातकै अत्याचार भएको घटनापछि कलम र क्यामेरा छोडेर आफू राजनीतिमा होमिनुपरेको स्मरण गरे।  'एक दिन, दुई दिन होइन। ४५ दिन सम्म ठिङ्गै त्यो रोडमा उभिएको थिएँ, एक्लै। दुई-चार जना साथीहरू थिए, उनीहरू सुरुमा त सँगै थिए, पछि यसरी कहाँ हुन्छ भनेर