विदेशमा रहेका नेपालीको मताधिकारबारे अध्ययन गर्न दुई समिति

  • बिहीबार २८ साउन २०८३ ०२:०१ PM
काठमाडौं : विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले कानुनी र प्राविधिक पक्षबारे अध्ययन सुरु गरेको छ । बुधबार बसेको आयोगको बैठकले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुनी तथा प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारबारे अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न दुई छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय गरेको हो ।विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक पर्ने कानुनी सुधारबारे अध्ययन गर्न निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा एक समिति गठन गरिएको