काठमाडौँ । कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । खुमा पौडेलका श्रीमानको दुःखद् दुर्घटनाजन्य निधन पश्चात् परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गढवा शाखाले रु. १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।