किशोर श्रेष्ठको पक्राउप्रति मिडिया सोसाइटीको आपत्ति, तत्काल रिहाइको माग

  • बिहीबार २८ साउन २०८३ ०७:२१ AM
काठमाण्डु – नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गरेको छ । सोसाइटीका महासचिव बोधराज त्रिपाठीले बिहीबार विज्ञप्ति जारी गर्दै समाचार प्रकाशनको विषयलाई लिएर कुनै कानुनी प्रश्न वा आपत्ति भए त्यसको समाधान पक्राउ गरेर नभई प्रचलित कानुनी प्रक्रिया र प्रेससम्बन्धी स्थापित संयन्त्रबाट खोजिनुपर्ने बताएका