काठमाण्डु – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीलाई पूर्ण रूपमा एकताबद्ध बनाउन पूर्वुसभापति शेरबहादुर देउवाको भूमिका निर्णायक हुने बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई स्वागत गर्न पुगेका खड्काले देउवा पूर्ण रूपमा स्वस्थ भएर फर्किएकोमा खुशी व्यक्त गरे। खड्काले देउवालाई कांग्रेसको अभिभावकका रूपमा चित्रण गर्दै अब पार्टीको सम्पूर्ण एकताका लागि उनको नेतृत्वदायी भूमिका आवश्यक रहेको संकेत