सुनसरी । गत असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेको थियो । इलामको सुन्दर गाउँ रोङ गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो । जीवनको लामो यात्रा पार गरिसकेका मोक्तानका लागि त्यो रातको चट्याङ ‘काल’ बनेर आयो । राति मुसलधारे पानी परिरहेको समय काठको बेरा र टिनको छानो भएको आफ्नो दुईतले घरको