काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा सवारीसाधन किन्न चाहने ग्राहकका लागि विशेष कर्जा योजना ल्याएको छ । बैंकका अनुसार एक्स्पो अवधिभर सवारीसाधन खरिदका लागि कर्जा लिने ग्राहकले ०.५ प्रतिशत मात्र सेवा शुल्क तिर्नुपर्नेछ । त्यस्तै, कर्जाको ब्याजदर आधार दरमा थप १ प्रतिशत प्रिमियम हुने बैंकले जनाएको छ । यो