काठमाडौं । ललितपुरका अधिकांश क्षेत्रमा भोलि बिहान करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पाटन सबस्टेशनको ६६ केभी बसबार मर्मतसम्भार गर्नुपर्ने भएकाले भोलि बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरिने भएको हो । मर्मतसम्भारका क्रममा पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति हुँदै आएका ललितपुरका अधिकांश क्षेत्रमा