काठमाडौं । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले नागरिकलाई स्वच्छ, सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर समयबद्ध रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले खानेपानीको समस्या समाधानका लागि विभिन्न निर्णय गरेको समिति सभापति आशिष गजुरेलले जानकारी दिए । समितिले मधेस प्रदेश तथा तराई क्षेत्रमा