काठमाडौं : रास्वपा सांसद खगेन्द्र सुनारले घरबाट ३ करोड रुपैयाँ चोरी भएको र पोसाक खरिदमा भ्रष्टाचार गरेको भन्दै गम्भीर आरोप लगाएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्की कडा रूपमा चिढिएका छन् ।बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा प्रहरीको पोसाक खरिदमा भएको अनियमितताबारे छलफलका क्रममा सांसद सुनार र आईजीपीबीच दोहोरी चलेको हो ।बैठकमा बोल्दै रास्वपा सांसद सुनारले प्रहरीको पोसाक तथा सामग्री खरिदमा ठूलो अनियमितता भएको दाबी गर्दै गृहसचिव र आईजीपीलाई पदबाट हटाएर मात्र