काठमाण्डु– चीनतर्फ पहिरो खसेपछि भोटेकोशी नदी थुनिएको छ । बिहीबार बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट लिपिङपारि भिरबाट ढुङ्गामाटोसहितको पहिरो खस्दा भोटेकोशी नदी आधा थुनिएको हो । पहिरो खसिरहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ। जुनसुकै बेला पनि विपद्जन्य घटना निम्तिन सक्ने सम्भावना रहेको भन्दै तल्लो तटीय क्षेत्रमा उच्च