काठमाण्डु– एनसेलले शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै कानुनी उपचार खोज्ने चेतावनी दिएको छ। सरकारले २०८३ साल साउन २६ गते गरेको भनिएको निर्णयका आधारमा टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित छानबिन समितिको ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गरिएको भन्दै एनसेलले त्यसप्रति गम्भीर आपत्ति जनाएको हो। एनसेलले