काठमाडौं । पूर्वमन्त्री एवं पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले मुलुकमा बढ्दै गएको युवा पलायन, भ्रष्टाचार र सुशासनको अभावप्रति चिन्ता व्यक्त गरेका छन् । ‘अनलाइनखबर’द्वारा आयोजित ‘४० मुनिका ४०’ सम्मान समारोहलाई सम्बोधन गर्दै सिन्हाले नेपाली युवाले स्वदेशमै अवसर र शान्ति सुव्यवस्था खोजिरहेको बताए । उनले वैदेशिक रोजगारीमा गएका नेपाली युवाको अवस्था तथा स्वदेश फर्कंदा उनीहरूले भोग्नुपर्ने पीडादायी यथार्थबारे