रोल्पा । रोल्पामा पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ९ जना बेपत्ता भएका छन् भने २ जना घाइतेको उद्धार गरिएको छ । रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा बुधबार राति घरमाथिबाट पहिरो झरेको थियो । पहिरोमा कमलबहादुर पुनमगरलगायत ६ वटा घर गोठहरु पुरिएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परेर थबाङ गाउँपालिका–५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ति पुन मगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको छ । पहिरोमा परेर २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन् । प्रहरी र स्थानीयबासीको सहयोगमा ... The post रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो appeared first on Kalika Khabar.