काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले मुलुकको राष्ट्रिय स्वार्थ रक्षाका लागि कूटनीतिक मर्यादा वा पदभन्दा पनि प्रभावकारी संवाद र शक्ति सन्तुलन महत्त्वपूर्ण हुने बताएका छन् । नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका डा. महतले उक्त विचार