काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जिम्मेवार असहमतिलाई लोकतन्त्रको कमजोरी नभई शक्तिका रूपमा लिनुपर्ने बताएका छन् । ‘अनलाइनखबर’द्वारा आयोजित ‘४० मुनिका ४०’ सम्मान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर भएको बताए । उनले फरक मतहरू स्वतन्त्र रूपमा प्रष्फुटन हुने वातावरण आवश्यक रहेकोमा जोड दिए ।