काठमाडौं । नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसरका काठमाडौं अगाडी धर्ना दिएको छ । महासंघले विहीबार श्रेष्ठको रिहाईको माग गर्दै प्रहरी परिसर अगाडी धर्ना दिएको हो । प्रहरीले पत्रकार श्रेष्ठलाई बुधबार राती ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट पक्राउ गरि काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेको