नेपाल पत्रकार महासंघले समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघका अनुसार साउन २७ गते राति करिब ९ बजे काठमाडौं प्रहरी परिसरको टोलीले श्रेष्ठलाई ललितपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । बिहीबार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै सरकारी संयन्त्रको प्रयोग गरी