बिक्री घट्दा शिवम् सिमेन्टको नाफा १.७२ प्रतिशतले घट्यो

  • बिहीबार २८ साउन २०८३ ०५:४० AM
सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म