प्यूठानमा एक बालक, एक पुरुष र दुई महिलाको शव फेला, पहिचान हुन बाँकी

  • बिहीबार २८ साउन २०८३ ११:०० AM
प्यूठान : प्यूठानको माडी खोलामा तीन र लुङ्ग्री खोलामा एउटा पहिचान नखुलेको शव फेला परेको छ । स्वर्गद्वारी नगरपालिकामा–९ जुडापाटा, वडा नं. ३ किमिचौर र वडा नं. ४ गोडिवाङमा शव फेला परेको हो ।जुडापाटामा अन्दाजी १२-१३ वर्षको बालक, किमिचौरमा कम्मर भन्दा माथिको भाग मात्र रहेको पुरुष र गोठीवाङमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।त्यस्तै स्वर्गद्वारी नगरपालिका–५ सरोज स्थित लुङ्ग्रीखोला किनारमा टाउकोको खप्पर नभएको र बाँया खुट्टाको घुँडादेखि तल नभएको एक महिलाको शव